आल्वार रत्न श्रीशठकोप स्वामीजी ( नम्मालवार )

आल्वार रत्न श्रीशठकोप स्वामीजी 

श्रीशठकोप स्वामीजी

माता पिता युवतयस्तनया विभूतिः
सर्वं यदेव नियमेन मदन्वयानां ।

आद्यस्य नः कुलपतेर्वकुलाभिरामं
श्रीमत्तदङ्घ्रियुगलं प्रणमामि मूर्ध्ना ।। 

नम्मालवार श्रीवैष्णव संप्रदायका कुलपति र श्रीमन्नारायण भगवानप्रति भक्तिको पुनरुत्थानका मूल आचार्य नम्मालवारको अवतार कलियुगको ४३ वर्ष व्यतीत भए पछि अंग्रेजी क्यालेन्डरका अनुसार नम्मालवारको जन्म ईसापूर्व ३१०२ मा तथा प्रमाथी नामको संवत्सरमा, सूर्य वृष राशिमा हुदा वैशाख महिनामा विशाखा नक्षत्रमा तमिलनाडुको कुरुकापुरी ( आल्वार तिरुनगरी )  मा आविर्भाव भएको थियो। उहाँको बुबाको नाम करियार र आमाको नाम उडैयनांगैयार थियो। श्री शठकोप स्वामीजीको घरको नाम मारन थियो। जन्मदेखि नै यो अद्भुत बालकलाई देखेर उहाँका आमाबुवाले उहाँलाई गाउँकै मन्दिर श्री आदिनाथ भगवानको चरणमा समर्पण गरिदिनु भयो  । जहाँ उहाँ जन्मदेखि १६ वर्षसम्म तित्तिरिकोको ठुलो टोड्कामा नै हुर्किनु भएको थियो । श्रीशठकोप स्वामीजीले श्रीमन्नारायण भगवानको विरहमा भक्तिरसपूर्ण पदहरू गाउनु भयो , जुन मधुरकवि आल्वारद्वारा सङ्कलन गरिएको थियो । 

नम्माल्वारको अवतर 
भगवान श्रीकृष्ण यस धराबाट विदा भएको ४३ दिनपछि नम्मालवारको अवतार भएको थियो । नम्मालवारको जन्म हुदा घरमा सबै खुसि थिए तर त्यो खुसि त्यतिबेला सकियो जब भर्खरै जन्मेको छोराले न हातखुट्टा हलाए न त रुए नै न त उहाँलाई माया गर्न निस्किएको आवाजको उत्तर नै आयो । बाहिरी संसार हेर्न रुने आँखा नखोलेपछि करियारको बाबु बनेको खुसी चाँडै नै निराशामा परिणत भयो । नम्मालवारका आमाबुवाले छिट्टै सामान्य बच्चाको जस्तै व्यवहार गर्न थाल्छ होला भन्ने सोचेर एघार दिनसम्म उनको हेरचाह गरे र बाह्रौं दिनमा नवजात शिशुलाई नुहाउने चलन रहेकोले उनको टाउको नुहाएर उनको नाम मारन राखे । मारन अझै त्यहि सुप्त अवस्थाबाट बाहिर न आए पछी, दुःखी करियार दम्पतीले बच्चालाई कुरुगुरको थामरभरणी नदीको किनारमा अवस्थित भगवान विष्णुको मन्दिरमा लगे र बच्चालाई तित्रीको रूखको फेदमा छोडिदिए । आफ्नो नवजात शिशुको भाग्य कुरुगुर भगवानलाई सुम्पेर करियार दम्पती भारी मन लिएर घर फर्किए ।

बाल्यावस्था 

नम्मालवार बिस्तारै तित्रीको रूखको टोड्का भित्र पस्नु भयो  त्यो तित्रीको रूख जुन आदिशेषको स्वरूप मानिन्छ।  उहाँले कुनै पनि विश्राम बिना भगवानको ध्यान गरी राख्नु भयो । नम्मालवार नखानु भयो , न पिउनु भयो , न यताउता हिँडडुल गर्नु भयो तर पनि उहाँ तित्रीको रुखभित्र सामान्य बालक जस्तै हुर्किरहनु भयो । रुखको सानो टोड्कामा बसेर उहाले भगवान नारायणको  कृपा अनुभव गरिरहनुभएको थियो र मनमा भगवान् सदैव विराजमान भएकाले भगवानको मनोरञ्जनहरू प्रत्यक्ष गरिराख्नु हुन्थ्यो । तित्रीको रूखको टोड्का भित्र बसेर यो अद्भुत बच्चाको महानता लुकाउँदै लगभग  युवावस्थासोह्र वर्ष बित्यो।

श्रीशठकोप स्वामीजीद्वारा गाइएका गाथाहरू
१. तिरुविरुत्तमम्।
२. तिरुवाशियम।
३. तिरुवन्दादि।
४. तिरुवायमौलि ( सहस्त्रगीति )

आल्वार रत्न श्रीशठकोप स्वामीजीको मुखारविन्दबाटद्वारा गाइएका यी गाथाहरूलाई  श्रीवैष्णवहरूले दिव्यप्रबन्धम्, वा ‘ द्रविड वेद ‘ भन्नु हुन्छ र यसको व्याख्यालाई ‘भगवद्विषय’ भन्नु हुन्छ । भगवान श्रीमन्नारायणको पूजा ‘ दिव्यप्रबन्ध ’ बिना पूरा हुँदैन। जब दक्षिण भारतमा भगवान अर्चावतार श्रीमन्नारायणको सवारी निस्कन्छ, तब श्रीमन्नारायण भगवानको अगाडि दिव्यप्रबन्ध पाठ गरिन्छ र सवारीको पछाडि वेद पाठ गरिन्छ। श्रीरंगम जाने श्रीवैष्णव भक्तहरूले आल्वर तिरुनगरी अवस्य पनि जानुपर्छ। विशेष कुरा त वर्तमान समयमा पनि तित्रीको रुखको दर्शन गर्न सकिन्छ जसमा श्री शठकोप स्वामीजी १६ वर्षसम्म समाधिस्थ हुनु भएको थियो ।  

फोटोहरू 

      



Leave a Reply

Your email address will not be published. Required fields are marked *