गुरु विना ज्ञान कहिले मिल्दैन

गुरु विना ज्ञान कहिले मिल्दैन

गुरु विना ज्ञान कहिले मिल्दैन 
मोहजालको यो बन्धन छुट्दैन।
मोहरूपी बन्धनको गांठ हुन्छ सारो 
गुरुविना फुकाउन हुन्छ अति गारो । 
गुरुविना..
भरे भोली भन्दा भन्दै जीन्दगी नै वित्छ। 
तत्वज्ञान पाइदैन मायाले नै जित्छ॥ 
गुरुविना..
आत्मा खोज्छ मुक्त हुन माया लाग्छ छेक्न । 
गुरु विना पाँइदैन परमात्मा भेट्न |
गुरुविना..
यो माया मा भुल्दा भुल्दै आइपुग्छ काल। 
विन्ती मान सज्जन हो गुरु भजी हाल || 
गुरुविना..

Leave a Reply

Your email address will not be published. Required fields are marked *