गोपी गीत नेपालीमा

ब्रज विकाश भो जन्मीबक्सदा ।

स्थिर भई निवास लक्ष्मीले लिंदा ।।
हजुरमा पवन राखी दिक्सव: ।
दहि त खोज्दछौं पाल्नुहोस् अब।।१।।
शरद आउँदा फुल्ने पद्मका ।
दल समानका नेत्र नाथका ।।
वरद आफुका दासी हौं सव: ।                                
विछोड पार्नु ता मार्नु हो अब ।।२।।
जहर पानीको सर्प दैंत्यको ।
बिजुली अग्निको पानी आँधीको ।।
बयल व्योमको दुख:विश्वको ।
विपद टार्नु भो हामी दासीको ।।३।।
तनय होईनौं कृष्णगोपीका ।
हृदय साक्षी हौं जीवजातिका ।
भव सुधार्नमा धात्री याचना ।
सुनी सवारी भो बृष्णी वंशमा ।।४।।
शरण खोजी जो पाउमा मिले ।
अभय बक्सियो बृष्णीनाथले ।।
करमनोहर श्री सुशोभित ।
शिरउपर रहोस् कामना शीत ।।५।।
                                           
व्रजनिवासीको दुख: टारने ।
स्वजन भक्तको दर्प झारने ।।
लिनुहवोस् छिटो दासी हौं सव ।
वदन दिव्य नै पाउ लौ अब ।। ६ ।।
प्रणत देहको पाप नाशने ।
पशु चराउने श्रीविराजने ।।
कमल पाउ ती नाग कुल्चने ।
हृदयमा रहुन दुख: नाशने ।। ७ ।।
मधुर शब्दले बेस बोलिले ।
कवि पुकार्दछन् प्रेम भावले ।।
टहलिका हरु मोहमा पर्यौ ।
अधर प्राप्त होस् विन्ती यो गर्यौ ।।८।।
हजुरको कथा ताप नाशने ।
सुकवि वृन्दले गीत गाउने ।।
श्रवण ले सदा गर्छ मंगल ।
सुकृत व्यक्तिले गर्छ संग्रह ।।९ ||
मधुर हास्य त्यो प्रेम नै थियो ।
सुखद प्रेम त्यो प्रेम ले दियो ।।
वचन क्या मीठो नाथ को अनि ।
सकल संझदा छाती दुख्छ नि।।१०।।
                                 
सकल धेनु का साथ जंगल ।
गमन भै दिंदा पाउ कोमल ।।
कुश शिला तिखा कण्टकादि ति ।
कति बिझे भनी रुन्छ मन् अति।११।।
जब त साँझ् परो फर्कदा घर ।
खजमजी सवै केश सुन्दर ।।
भइ धुलैधुलो ढाकिंदा मुख ।
सकल रुपको बढ्छ मन्मथ ।। १२ ।।
शरण आउने भक्त पालने |
विपद भक्तको झट्ट टारने ।।
चरण नाथका शान्ति दायक ।                                              
हृदय बास होस् प्रेम नायक ।। १३ ।।  
                                      
सुख बढाउने शोक नाशने ।
मधुर वेणुको चुम्बनै लिने ।।
विषय वासना ध्वंस गर्दिने ।                                                
अधर बक्सियोस् ताप हर्दिने ।। १४ ।।    
                                   
दिन भरिहुंदा आफु जंगल ।
युग सरि हुदै बित्छ पलपल ।।
अधिक मुर्ख झैं हेरदा हुंदी ।                         
नयन चिम्लिनु पर्छ हे विधि ।। १५ ।।      
                                                
पति सुतादिको प्रेम छोडियो ।
यसरी नाथका साथ जोडियो ।।
शरण पाउको दास भै गरे ।
कसरी छाडनु दुष्ट झै हरे ।। १६ ।।
                     
मधुर हास्यका प्रेमको वचन ।
मदन बाण झैं रम्य त्यो वदन ।।
अति विशाल त्यो वक्ष चर्चित ।
हुन गयो हरे चित्त मोहित ।। १७ ||
                       
स्वजनको व्यथा नाश गर्दिने ।
ब्रज निवासिको ताप हर्दिने ।।
हजुरको सदा मूर्ति सुन्दर ।
हृदयमा रहोस् श्याम मन्दिर ।। १८||
                                       
हाम्रा कठोर कुचमा जुन पाउलाई ।
दुख्लान् विझेरकि भनी मनमा डराई ।।
राख्यौ उनै चरण ती बन घुम्न जाँदा ।
काँडा बिझेकी भनि लाग्छ सदैव बाधा ।।१९।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *