लक्ष्मीनारायण मन्दिर पाञ्चाली
मन्दिरको नाम | श्री लक्ष्मीनारायण मन्दिर |
---|---|
संस्थापक | वै. वा. श्रीमत्परमहंसपरिव्राजकाचार्य अनन्तश्रीविभूषित कृष्णप्रपन्न यतिराजरामानुजजीयर स्वामीजी, |
ठेगाना | विराटनगर म.न.पा. १२, पाञ्चाली टोल, मोरङ |
सम्पर्क सूत्र | सम्पर्क नम्बर – ९८५२०२६८७४ Email: |
उत्सवहरू |
|
आचार्यहरू |
|
प्रतिष्ठित विग्रह |
|
![]() |
![]() |
![]() |
![]() |
लक्ष्मीनारायणको मन्दिर पाञ्चाली जसको विसं २०४२ फागुनमा वै. वा. श्रीमत्परमहंसपरिव्राजकाचार्य अनन्त श्रीविभूषित कृष्णप्रपन्न यतिराज रामानुज जीयर स्वामीजी, श्रीमती कुमारी (गरुडध्वज श्री. रा. दासी), श्रीमती लक्ष्मी श्री. रा. दासी एवं समस्त भक्त-भागवत धर्मावलम्बी महानुभावहरूद्वारा स्थापना स्थापना भएको हो । लक्ष्मीनारायण मन्दिर दाताहरूको चन्दाबाट बनेको हो ।लक्ष्मीनारायण मन्दिर दाताहरूको चन्दाबाट बनेको हो ।यस मन्दिरमा हाल शिक्षार्थी, शरणार्थी, धर्मार्थी र मोक्षार्थी नियमित रूपमा बसोबास गर्छन् । साधुसन्त, अतिथि र भिखारीहरू यस मन्दिरमा आएको खण्डमा तिनीहरूलाई तीन छाकसम्म खाना खान दिएर विदा गर्ने चलन छ । लक्ष्मीनारायण मन्दिरमा यज्ञशाला, पाकशाला, गौशाला र आवास गृह सबै यस्तै सरसहयोगबाट निर्माण गरिएका हुन् । लक्ष्मीनारायण मन्दिरमा यज्ञशाला, पाकशाला, गौशाला र आवास गृह सरसहयोगबाट निर्माण गरिएका हुन् । यस मन्दिरमा हाल शिक्षार्थी, शरणार्थी, धर्मार्थी र मोक्षार्थी नियमित रूपमा बसोबास गर्छन् । साधुसन्त, अतिथि र भिखारीहरू यस मन्दिरमा आएको खण्डमा तिनीहरूलाई खाना खान दिएर विदा गर्ने चलन छ ।
भौगोलिक बनावट
लक्ष्मीनारायण मन्दिर शिखर शैलीमा निर्मित छ । यसको प्रवेशद्वारमा गोपुर निर्माण गरिएको छ, जसको उचाई करिब ५० फिट अग्लो, छ । यस मन्दिर पछाडि एउटा शिखर मन्दिर छ । करिब ५० फिट अग्लो उक्त शिखर मन्दिरको तल्लो भागमा लक्ष्मीनारायण भगवानको यूगल विग्रह राखिएका छन् ।