श्री कृष्ण मेरो सब दु:ख हर

श्री कृष्ण मेरो सब दु:ख हर 

प्रभु कृष्ण मेरो सब दु:ख हर
 एक बार मलाई याद गर 
सुख छैन रत्ती भर छैन यहाँ
मन रुन्छ सधैं प्रभु खोज्नु कहाँ
दुनियाँमा कसैको छैन भर
एक बार मलाई याद गर
प्रभु कृष्ण मेरो सब दु:ख हर
एक बार मलाई याद गर 
कती कारणले सुनशान भयो
किन भागी छली प्रभु लुक्नु भयो
यही भेद मलाई प्रचार गर
एक बार मलाई याद गर
प्रभु कृष्ण मेरो सब दु:ख हर
एक बार मलाई याद गर 
जिउ गल्छ मेरो दिल जल्छ यहाँ
प्रभुलाई नभेटी ब्याकुल भई
अती कष्ट सहेँ , सब कष्ट हर
एक बार मलाई याद गर
प्रभु कृष्ण मेरो सब दु:ख हर
एक बार मलाई याद गर 
भण्डार दुखिको दयाले भर
मेरो बिनिती सुनी सवारी हवस
प्रभु दर्शन दिई सब पाप हर
एक बार मलाई याद गर
प्रभु कृष्ण मेरो सब दु:ख हर
एक बार मलाई याद गर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *