जय रामानुज जय रामानुज

जय रामानुज जय रामानुज

जय रामानुज जय रामानुज जय रामानुज शेषगुरु
जसका शिरमा सारा जगयो, तोरीको दाना तुल्य हुने ।
जसले फेर्दा जोडले स्वाँस, सारा जग यो ध्वस्त हुने । 
जय रामानुज….
जय रामानुज जय रामानुज जय रामानुज शेष गुरु.. 
जसका शिरमा सारा जग यो तोरीको दाना तुल्य हुने । 
जसले फेर्दा जोडले श्वास सारा जग यो भस्म हुने ॥
जय रामानुज……
जसले हेर्दा सारा जगयो, श्रीहरि पदमा मुग्ध हुने,
जय रामानुज…..
यस्ता कोमल गुरूका पाउ भज्दा आत्मा मुक्त हुने । 
जय रामानुज ……
रामानुज स्वामी अन्तरयामी प्रभुका दास र दासी हौ हामी । 
जय रामानुज …….
रामानुज भज लौ हे अभिमानी एक दिन तन यो हुन्छ खरानी ॥
जय रामानुज ……
रामानुज स्वामीजीको अति राम्रो गुण छ । 
सम्पत्कुमार भगवानलाई काखमा लिनुहुन्छ ॥
जय रामानुज ……
रामानुज स्वामीको शरणमा जाऔं ।
 भगवानका शंख, चक्र, श्री तिलक लाऔं ॥ 
जय रामानुज…..
जसका दिव्य ति गुण चिन्तनले, भव सागर यो पार हुने ।
 जय रामानुज……
यस्ता प्यारा प्रभुका पाऊ, भज्दा आत्मा शुद्ध हुने 
जय रामानुज……

Leave a Reply

Your email address will not be published. Required fields are marked *