धुन बज्यो धुन बज्यो, पक्कै कृष्ण हुन
धुन बज्यो धुन बज्यो, पक्कै कृष्ण हुन २
न बजाईदेऊ बाँसुरी, रून्छ मेरो मन २
वृन्दावनमा खोज्दै आए गाई चराउनेलाई २
यमुना हेर्दै आए रास रचाउनेलाई २
धुन बज्यो धुन बज्यो
चन्द्रमाले लुकायौ की मेरो कृष्णलाई हो… २
पवनले उडायौ की राधे श्यामलाई हो…२
आउन कृष्ण जी मनका पुजारी
मन उड्यो कृष्नजीलाई भेटु कसोरी …
धुन बज्यो धुन बज्यो
हृदयमा दम रुक्यो तिमीलाई सम्झदा हो..२
दिन विते रात बिते बिहोस हुँदा हुँदा हो २
लुक्नु भो कृष्ण जी भेटौ कसोरी…
मन उड्यो कृष्नजीलाई भेटु कसोरी …
धुन बज्यो धुन बज्यो
जहिले हामीलाई हतार-हतार,
जहिले हामीलाई काम
मर्ने बेला भैसक्ये, कहिले जप्ने राम हो
धुन बज्यो धुन बज्यो…..