मुक्तिनाथ मन्दिर नेपाल

मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा रहेको छ । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा म्याग्दी जिल्ला रहेको छ ।

धौलागिरी हिमाल ८१६७ मी र निलगिरी हिमाल ७०६० पार गरेर आउनु पर्ने भएकाले नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ यस जिल्लाको हावापनी सुख्खा ठण्डा रहेको छ । धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित यस जिल्लाको करिब बिच भाग भएर काली गण्डकी नदी बगेको छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ श्रीवैष्‍णव सम्प्रदायको प्रमुख मन्दिरहरू मध्य एक हो ।वि.सं १८७१ मा निर्माण गरिएको मुक्तिनाथ मन्दिर पेगोडा शैलीमा रहेको छ । मन्दिरभित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति रहेको छ । मुक्तिनाथको मूर्तिको दाँयापट्टि उभिएको लक्ष्मीको मूर्ति। भने तामाको छानो भएको यस मन्दिरको पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी, बडादशैं आदिपर्वहरु महत्वपूर्ण मानिन्छन्। यसका अलावा मनले चिताएको पुग्ने विश्वासका साथ यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्ने गर्छन् । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पूजनिय मानिन्छ । यो मुख्य रूपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्‍यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो ।

मन्दिरको स्वरूप
यो पवित्र स्थलमा १०८ वटा ढुङ्गाले बनाएको गाइको मुखबाट निक्लीएका धाराहरु छन् । जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने विश्वाश जन्मानसमा छ । यहाँ बडा दसैंं र चैत्र दसैंंमा मेला लाग्ने गर्छ । मन्दिरको ठीक अगाडि दुई वटा कुन्ड छन् । एकतर्फी धर्म कुन्ड र अर्कोतर्फी पाप कुन्ड भनिन्छ । यहाँ अन्य मन्दिरहरु पनि आसपासमा रहेका छन्  ।
पौराणिकता 
मुक्तिनाथ १०८ दिव्‍य देशहरूमा एक स्थान हो । यो ‘दिव्‍य देश’ वैष्‍णवहरूको पवित्र मन्दिर हो । पारम्परिक रूपमा भगवान विष्‍णुको शालिग्राम शिलाको रूपमा पूजा गरिन्छ । यस शिलाको निर्माण यस्तो प्रागैतिहासिक कालमा पाइने किराको जीवांशबाट भएको थियो, जो मुख्‍यत: टेथिस सागरमा पाइन्थे । जहाँ टेथिस सागर अवस्थित थियो त्यहाँ अब हिमालय पर्वत छ । पौराणिक मान्‍यताहरूका अनुसार शालिग्राम शिलामा विष्‍णुको निवास हुन्छ । यस सम्बन्धमा अनेक पौराणिक कथाहरू पनि प्रचलित छन् ।
कसरी जाने 
जोमसोम अर्थात मुक्तिनाथ जान पछिल्लो समय धेरै नै सजिलो बनेको छ । देशका प्रमुख शहरहरुबाट सजिलै गाडिहरु पाउने गर्दछ । अझ काठमाडौँबाट सोझै मुक्तिनाथ सम्मको गाडि पाईन्छ । यदि तपाई काठमाडौँ तथा अन्य जिल्लाहरुबाट मुक्तिनाथ दर्शन तथा घुम्न जादै हुनुहुन्छ भने भाडाको गाडि चढेर पुग्न सस्तो पर्दछ । देशका विभिन्न शहरहरुबाट गाडि चढ्नुहोस् र पोखरा वा म्याग्दीको बेनी पुग्नुहोस् र बेनीबाट बिहानको समयमा सिधै जोमसोमको लागि बस र जीप पाइन्छ । तर पर्यटक बढी जाने सिजनमा टिकट पाउन अलि गाह्रो पर्दछ । यदि तपाईले टिकट पाउनुभएन भने बेनीबाट मुस्ताङको घाँसासम्म पुग्नुहोस् र त्यहाँबाट जोमसोमको बस पाइन्छ । जोमसोम पुगेपछि कागबेनी मुक्तिनाथसम्म सजिलै बस जीप पाइन्छ । यदि तपाई माथिल्लो मुस्ताङ पनि घुम्ने योजना बनाउनुभएको छ भने कागबेनीबाट छुसाङको गाडि चढ्नुुहोस् र त्यहाँबाट लोमान्थाङसम्म जीपको यात्रा गरेर पुग्नुहोस् ।
स्रोत


  • नेपाली विकिपीडिया 
  • मुक्ति नाथ केहि ऐतिहासिक तथ्यDownload PDF 
  • ourtourismnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *