श्रीआलवन्दारस्तोत्रम् नेपाली अर्थ सहित

श्रीमतेनारायणाय नमः 

श्रीआलवन्दारस्तोत्रम् 

(श्रीयामुनाचार्यविरचितम्)
स्वादयन्निह सर्वेषां त्रय्यन्तार्थं सुदुर्ग्रहम् । 
स्तोत्रयामास योगीन्द्रस्तं वन्दे यामुनाह्वयम् ॥ १ ॥
बुभन धेरै गाह्रो हुने वेदका गूढ अर्थको सबैलाई रसास्वादन गराउँदै श्रेष्ठ योगी यामुनाचार्यले यो स्तोत्र बनाउनुभयो । उहाँलाई नमस्कार छ ।
नमो नमो यामुनाय यामुनाय नमोनमः । 
नमो नमो यामुनाय यामुनाय नमोनमः ॥ २॥

यामुनाचार्य स्वामीलाई बारम्बार धेरै नमस्कार छ ।
नमो यामुन-पादाब्ज रेणुभिः पावितात्मने ।
 विदिताऽखिलवेद्याय गुरवे विदितात्मने ॥ ३ ॥
जान्नु पर्ने यावत् कुरा जानेका, आत्मा एवं परमात्मा बारे बुझेका र यामुनाचार्यका चरण कमलको धूलोले स्वयं पवित्र भएका गुरुदेव श्री रामानुजाचार्यका गुरु महापूर्णस्वामीलाई नमस्कार छ ।
नमोऽचिन्त्याद्‌द्भुतोऽक्लिष्टज्ञानवैराग्यराशये ।
 नाथाय मुनयेऽगाध-भगवद्भक्तिसिन्धवे ।४।
चिन्तन गर्न नसकिने, अद्भूत ज्ञान उहाँबाट सजिलै पाइन्छ । 
यस्तो ज्ञान अनि वैराग्यका ढुकुटी र अगाध भगवद्भक्तिका सागर नाथमुनिलाई नमस्कार छ ।
तस्मै नमो मधुजिदङ्घ्रि-सरोजतत्त्व-
 ज्ञानाऽनुरागमहिमाऽ तिशयान्तसीम्ने ।
 नाथाय नाथमुनयेऽत्र परत्र चाऽपि, 
नित्यं यदीयचरणौ शरणं मदीयम् ।५।
मधु दैत्यलाई जित्ने श्रीनारायणका चरण कमलको तत्त्वज्ञानमा अनुराग राख्नुको महत्वलाई अतिराम्रोसँग बुझने नाथमुनि स्वामीलाई नमस्कार छ । उहाँका पाउ मेरा इह लोक एवं परलोकमा पनि सँधै शरणलिनेस्थान रहिरहुन् ।
भूयो नमोऽपरिमिताच्युतभक्ति-तत्त्व- 
ज्ञानामृताऽब्धि-परिवाहशुभैर्वचोभिः ! 
लोकेऽवतीर्णपरमार्थ-समग्रभक्ति- 
योगाय नाथमुनये यमिनां वराय ।६।
भगवान् श्री अच्युतको अनन्त भक्तितत्त्वको ज्ञान अमृतको सागर हो । त्यस सागरको तरङ्ग जस्तो धेरै र मंगलमय वचनद्वारा संसारमा परम पुरुषार्थ अर्थात् समग्र भक्तियोग प्रवाहित गर्ने श्रेष्ठ संयमी नाथमुनिलाई पुनः पुनः नमस्कार गर्दछु ।
तत्त्वेन यश्चिदचिदीश्वरतत्स्वभाव-
भोगाऽपवर्गतदुपायगतीरुदारः । 
सन्दर्शयन्निरमिमीत पुराणरत्नं
तस्मै नमो मुनिवराय पराशराय ।७।
जीव, प्रकृति एवं ईश्वरको स्वभाव, स्वर्ग आदिको भोग, मोक्ष, मोक्ष-प्राप्तिका उपायहरू जस्ता विषयलाई तात्त्विक रूपले बताउँदै श्री विष्णु पुराण जस्तो उत्तम पुराण रचना गर्ने उदार एवं महान् मुनि पराशरलाई नमस्कार छ ।
मातापिता युवतयस्तनया विभूतिः 
सर्वं यदेव नियमेन मदन्वयानाम् ।
 आद्यस्य नः कुलपतेर्वकुलाभिरामं 
श्रीमत्तद‌ङ्घ्रियुगलं प्रणमामि मूर्ध्ना ।८।
माता, पिता, पत्नी, सन्तान, ऐश्वर्य आदि सबै एकसाथ रहँदाका जस्तो निश्चित हितैषी, मेरा सन्तान एवं हाम्रा शुरुका कुलपति (शठकोपस्वामी) का शोभायमान वकुल-पुष्प सुशोभित दुवै पाउमा शिर राखेर प्रणाम गर्दछु ।
यन्मूर्ध्नि मे श्रुतिशिरस्सु च भाति यस्मिन् 
अस्मन्मनोरथपथः सकलः समेति । 
स्तोष्यामि नः कुलधनं कुलदैवतं तत् 
पादारविन्दमरविन्दविलोचनस्य ।५।
जो मेरा शिरमा तथा वेदका शिर (उपनिषद्हरू) मा सुशोभित छन्, जो हाम्रा कुलका थाती धन एवं कुलदेवता हुन् र जसमा सबै चाहनाहरू पाइने उपाय एकत्रित भएर रहेका छन्, ती कमलनयन श्री नारायणका चरण कमललाई म स्तुति गर्दछु ।
तत्त्वेन यस्य महिमार्णवशीकराणुः
शक्यो न मातुमपि शर्वपितामहाद्यैः । 
कर्तुं तदीयमहिमस्तुतिमुद्यताय 
मह्यं नमोस्तु कवये निरपत्रपाय ॥ १० ॥
जसका महिमा-सागरका अति साना थोपाको पनि महिमालाई जस्ताको तस्तै वर्णन गर्न शिवजी एवं ब्रह्माजीहरूले पनि सक्तैनन्, उहाँको त्यस्तो महिमाको स्तुति गर्न अघि सरेको म जस्तो निर्लज्ज कविलाई पनि नमस्कारै छ ।
यद्वा श्रमावधि यथामति वाप्यशक्तः
स्तोम्येवमेव खलु तेऽपि सदा स्तुवन्तः ।
वेदाश्चतुर्मुखमुखाश्च महार्णवान्तः 
को मज्जतोरणु कुलाचलयोर्विशेषः ॥११ ॥
असक भएपनि सकभर बुद्धिले भ्याएसम्म र श्रम गर्न सकेसम्म म स्तुति गर्दछु । वेद एवं ब्रह्माले पनि त सकभरै त स्तुति गर्ने हुन् ! हुन पनि महासागरमा डुब्दा अणु र कुलाचल पर्वत बिच कत्ति नै फरक परिहाल्छ र ? 
किञ्चैष शक्त्यतिशयेन न तेऽनुकम्प्यः
 स्तोतापि तु स्तुतिकृतेन परिश्रमेण । 
तत्र श्रमस्तु सुलभो मम मन्दबुद्धे- 
रित्युद्यमो यमुचितो मम चाब्जनेत्र ! ॥ १२ ॥
कुनै स्तोताको स्तुति गर्ने शक्ति धेरै भएकोले हजुरको कृपा पाउने त होइन, स्तुति गर्दा कसले कति परिश्रम गयो भन्ने कुराबाट चाहिं कृपा हुने हो । अब म मन्दबुद्धिले चाँडै थाक्ने धेरै परिश्रम गर्नु पर्ने भएकाले ( चाँडै कृपा पाउने हुँदा ) हे कमलनयन ! मेरो उद्यम उचित छ ।
नावेक्षसे यदि ततो भुवनान्यमूनि
 नालं प्रभो ! भवितुमेव कुतः प्रवृत्तिः ।
 एवं निसर्गसुदि त्वयि सर्वजन्तोः 
स्वामिन्न चित्रमिदमाश्रितवत्सलत्वम् ॥ १३ ॥
हे प्रभु ! हजुरले हेरिबक्सेन भने यी लोकहरूको सृष्टि हुनै सक्तैन । अनि कहाँबाट इनको व्यवहार चल्ने होला ? हे स्वामी ! यसरि स्वभाविक हिसाबले नै सबै प्राणीका मित्र हजुरमा आश्रितहरू प्रति वात्सल्य भाव हुनमा कुनै आश्चर्य हुँदैन ।
स्वाभाविकाऽनवधिकातिशयेशितृत्वं 
नारायण ! त्वयि न मृष्यति वैदिकः कः 
 ब्रह्मा शिवः शतमखः परमः स्वराडि-
त्येतेऽपि यस्य महिमार्णवविप्रुषस्ते ।१४।
हे नारायण ! हजुरमा स्वभाविक रूपले नै असीमित एवं अतिशय स्वामीत्व छ भन्ने कुरा कुन चाहिं वैदिकले स्वीकार नगर्ला ! हुन पनि ब्रह्मा, शिव, इन्द्र, परममुक्त जीव सबै नै हजुरका महिमा सागरका थोपा मात्र नै हुन् ।
कः श्रीः श्रियः परमसत्त्वसमाश्रयः कः 
कः पुण्डरीकनयनः पुरुषोत्तमः कः । 
कस्यायुतायुतशतैककलांशकांशे विश्वं
 विचित्र- चिदचित्प्रविभागवृत्तम् ।१५।
श्रीको (लक्ष्मीको ) श्री (शोभा) को ! परमसत्त्वको पूर्ण आश्रयस्थान को ! कमलनयन को ! अनि कसका कोटी कोटी अंश मध्ये एक अंशमा नै यो सारा चेतन एवं अचेतन रूपमा बाँडिएको विश्व आश्चर्य लाग्ने गरी रहेको छ ?
वेदापहारगुरुपातकदैत्यपीडा-
द्यापद्विमोचन-महीष्ट-फलप्रदानैः । 
कोऽन्यः प्रजापशुपती परिपाति कस्य 
पादोदकेन स शिवः स्वशिरोधृतेन ।१६।
वेदको अपहरण, ठूला पाप, दैत्यहरूबाट दिइएका पीडा आदि आपत् हटाएर र महान् वरदान दिएर ब्रह्मा एवं शिवलाई हजुरबाहेक अरू कसले परिपालन गर्दछ ? कसका पाउको तीर्थ जल आफ्ना शिरमा धारण गरेर शिव पनि शिव (कल्याणकारी) हुनुभयो ।
कस्योदरे हरविरञ्चिमुखप्रपञ्चः 
को रक्षतीममजनिष्ट च कस्य नाभेः । 
क्रान्त्वा निगीर्य पुनरुद्भिरति त्वदन्यः 
कः केन चैष परवानिति शक्यशङ्कः ।१७।
शिव, ब्रह्मा लगायत यो समग्र प्रपञ्च (जगत् ) कसका पेटमा छ ? यसलाई कसले रक्षा गर्दछ ? यो जगत् कसका नाभिबाट जन्म्यो ? हजुरबाहेक यस जगत्लाई नापेर, निलेर ( प्रलय कालमा ) फेरी उगेल्ने ( सृष्टिकालमा) काम कसले गर्दछ ? हजुर बाहेक अरु यस जगत्को अर्को (हर्ताधर्ता) को होला भनी शंकामात्र पनि गर्न सकिन्छ र ?
त्वां शीलरूपचरितैः परमप्रकृष्ट-
सत्त्वेन सात्त्विकतया प्रबलैश्व शास्त्रैः ।
 प्रख्यातदैवपरमार्थविदां मतैश्च 
नैवासुर-प्रकृतयः प्रभवन्ति बोद्धम् । १८ ।
हजुरको शील, रूप चरित्र अति उज्वल छन्, शक्ति अति उत्कृष्ट छ, हजुरको वर्णन गर्ने शास्त्र प्रबल छन्, प्रख्यात दैवी परमार्थ जानकारका विचारहरू पनि प्रस्तुत छन् । तैपनि असुर स्वभाव भएकाहरू हजुरलाई बुभन सक्दैनन् ।
उल्ल‌ङ्घितत्रिविधसीमसमातिशायी 
संभावनं तव परिब्रढिमस्वभावम् ।
मायाबलेन भवतापि निगूह्यमानं 
पश्यन्ति केचिदनिशं त्वदनन्यभावाः ।१५।
तीन प्रकारका ( देश, काल एवं वस्तुका ) सिमाना हजुरमा छैनन्, कोही हजुर समान वा हजुर भन्दा बढी हुने संभावना त छैननै, आफ्नै माया शक्तिद्वारा हजुर आफ्नो सर्वोत्कृष्ट स्वभावलाई पनि गुप्त राखिबक्सिन्छ र पनि हजुरमा अनन्य भाव राख्नेहरू चाहिँ हजुरलाई सँधै दर्शन गर्दछन् ।
यदण्डमण्डान्तरगोचरं च यद् 
दशोत्तराण्यावरणानि यानि च । 
गुणाः प्रधानं पुरुषः परं पदं 
परात्परं ब्रह्म च ते विभूतयः ।२०।
यो ब्रह्माण्ड, त्यसभित्र अन्तर्यामी हिसाबले देखिने तत्त्व त्यो, ती दश गुणा ( जल, तेज, वायु, आकाश, अहङ्कार, महत्तत्त्व र प्रकृति ) विशिष्ट आवरणहरू, गुणहरू ( सत्त्व, रजस र तमस् ), प्राणकी आश्रया प्रधान तत्त्व, पुरुष, परंपद ( त्रिपाद विभूति ) र परभन्दापनि परतत्त्व- ब्रह्म-पनि-सबै यी हजुरका विभूति हुन् ।
वशी वदान्यो गुणवानृजुश्शुचि 
मृदुर्दयालुर्मधुरः स्थिरः समः ।
कृती कृतज्ञस्त्वमसि स्वभावतः 
समस्त-कल्याण-गुणामृतोदधिः ।२१।
आफ्नै भावद्वारा सबैलाई वशमा राख्ने, उदार, कल्याणमय गुणयुक्त, सरल, पवित्र, कोमल दयालु, मधुर, स्थिर, सबै जीवहरूका लागि समान, उपकारी, कृतज्ञ, समस्त कल्याणमय गुणहरूका अमृतसागर हजुर होईबक्सिन्छ ।
उपर्युपर्यब्जभुवोऽपि पूरुषान् 
प्रकल्प्य ये ते शतमित्यनुक्रमात् ।
गिरस्त्वदेकैकगुणावधिप्सया 
सदा स्थिता नोद्यमतोऽति शेरते ।२२।
हजुरका एक एक गुणका सीमा बारे जान्न चाहने वेदवाक्यहरू कमलमा जन्मने ब्रह्मा भन्दापनि माथि माथिका पुरुषहरूलाई क्रमशः शय शय गुणा बढी बढी आनन्द भएको कल्पना गरेर त्यहिँ सँधैका लागि टक्क अड्दछन्, वर्णन गर्ने प्रयास अगाडी बढाउन सक्दैनन् ।
त्वदाश्रितानां जगदुद्भवस्थिति- 
प्रणाशसन्सारविमोचनादयः ।
भवन्ति लीलाविधयश्च वैदिका-
स्त्वदीयगम्भीरमनोऽ नुसारिणः ।२३।
हजुरमा आश्रितहरूका लागि जगत्को सृष्टि, स्थिति, संहार एवं सन्सार-मुक्ति तथा वेद अनुसारका हजुरका लीलाविधिहरू (खेल) पनि हजुरका गम्भीर मनको नै अनुसरण गर्दछन् ।
नमो नमो वाङ्मनसातिभूमये 
नमो नमो वाङ्मनसैकभूमये । 
नमो नमोऽनन्तमहाविभूतये 
नमो नमो ऽनन्तदयैकसिन्धवे ।२४।
वाणी एवं मनद्वारा न भेटिइने हजुरलाई बारम्बार नमस्कार, बाणी एवं मनका एकमात्र आश्रय हजुरलाई धेरै धेरै नमस्कार छ । अनन्त महाविभूति भएका हजुरलाई बारम्बार दण्डवत्, अनन्त दयाका एकमात्र सागर हजुरलाई बारम्बार दण्डवत् सेवा छ ।
न धर्मनिष्ठोऽस्मि न चात्मवेदी 
न भक्तिमान्स्त्वच्चरणारविन्दे । 
अकिञ्चनो ऽनन्यगतिः शरण्य ! 
त्वत्पादमूलं शरणं प्रपद्ये ।२५।
हे शरणदाता, म धर्ममा रहन सकेको छैन, म आत्मज्ञानी पनि भँईन, मैले हजुरका चरण कमलमा भक्ति पनि गरिन । म अकिञ्चन छु र केही अन्य उपाय नभएको छु, हजुरको नै पाउमा शरण पर्छ ।
न निन्दितं कर्म तदस्ति लोके 
सहस्रशो यन्नमया व्यधायि । 
सोऽहं विपाकावसरे मुकुन्द !
क्रन्दामि संप्रत्यगतिस्त्वदग्रे ।२६।
हे मुकुन्द ! लोकमा भएका हजारौं निन्दित कर्ममध्ये कुनचाहिँ मैले गरिन ! तर अहिले ती कर्महरूकोफल भोग्ने वेलामा कुनै उपाय नभएको म हजुर सामु विलाप ( रोईकराई ) गर्दैछु ।
निमज्जतोऽनन्त ! भवार्णवान्तः 
चिराय मे कूलमिवासि लब्धः । 
त्वयापिलब्धं भगवन्निदानी-
मनुत्तमं पात्रमिदं दयायाः ।२७।
अनन्त संसार सागरभित्र डुबेको मैले ढीलै भएपनि बल्ल कीनारा मैं हजुरलाई भेट्टाएँ । हजुरले पनि, हे भगवान् ! अहिले दयाको यो अत्यन्त उपयुक्त पात्र मलाई पाईबक्सेको छ ।
अभूतपूर्वं मम भावि किं वा 
सर्वं सहे मे सहजं हि दुःखम् । 
किन्तु त्वदग्रे शरणागतानां 
पराभवो नाथ ! न तेऽनुरूपः । २८ ।
हे नाथ ! मेरा अनौठा अथवा मेरा कर्मद्वारा आर्जित दुःख पनि मेरालागि (वाध्यतावश) सहज नै होलान् र म सहुँला पनि, किन्तु हजुरमा शरणागत भएकाको हजुरका सामु दुर्दशा हुनु, हे दयालु, हजुर अनुरूप हुँदैन होला ।
निरासकस्यापि न तावदुत्सहे 
महेश हातुं तव पादपङ्कजम् । 
रुषा निरस्तोऽपि शिशुस्तनन्धयो 
न जातु मातुश्चरणौ जिहासति । २५।
हे महेश्वर ! निकालिए पनि म हजुरको चरणकमल
छोड्ने साहस गर्दिन । आमाको स्तन-पान गर्ने
वालकलाई आमाले रिसले काखबाट हटाए पनि उसले
आमाका पाउ छोड्दैन नि !
तवाऽमृतस्यन्दिनि पादपङ्कजे 
निवेशितात्मा कथमन्यदिच्छति । 
स्थितेऽरविन्दे मकरन्दनिर्भरे 
मधुव्रतो नेक्षुरकं हि वीक्षते । ३०।
अमृत वर्साउने हजुरको चरण कमलमा लागू परेकाले अरू के खोज्ला ? मकरन्द ( कमल फूलको रस ) प्रशस्त भएको कमलमा रहेको भँवराले ढोड जस्तो फुस्रो फुल ताक्दैन नै ।
त्वदङ्घ्रिमुद्देश्य कदापि केन चित् 
यथा तथा वाऽपि सकृत्कृतोञ्जलिः । 
तदैव मुष्णात्यशुभान्यशेषतः 
शुभानि पुष्णाति न जातु हीयते ।३१।
हजुरको पाउलाई लक्ष्य गरेर कुनै वेला कसैले पनि जे जसो गरेर भएपनि एकै पटक मात्र पनि हात जोड्दछ भने त्यसै वेला त्यसका सबै अशुभ कर्म नष्ट हुन्छन्, र ऊ भएभरका शुभ कर्मले युक्त हुन्छ, अनि त्यस्को कदापि अधोगति हुँदैन ।
उदीर्णसंसारदवाऽशुशुक्षणि
 क्षणेन निर्वाप्य परां च निर्वृतिम् । 
प्रयच्छति त्वच्चरणारुणाम्बुज-
द्वयानुरागामृतसिन्धुशीकरः ।३२।
हजुरका रक्तकमल जस्ता दुई चरणमा अनुरागरूप अमृत सागरका एकै थोपाले पनि, दन्की राखेको संसाररूप डॅढेलोको तापलाई छिनमै शान्त पारेर अति उत्तम मोक्ष प्रदान गर्दछ ।
विलासविक्रान्तपरावरालयं 
नमस्यदार्तिक्षपणे कृतक्षणम् । 
धनं मदीयं तव पादपङ्कजम् 
कदा नु साक्षात्करवाणि चक्षुषा । ३३ ।
लीलाको खेल खेलमा नै परका स्वर्गादि लोक र यहाँको पृथ्वी लोकलाई नाप्ने एवं शरणागतका दुःख हटाउन सदा तत्पर तथा मेरा सर्वस्व स्वरूप रहेका हजुरका चरण कमललाई मेरा आँखाले कहिले साक्षात दर्शन गर्न पाउलान् ?
कदा पुनः शङ्खरथाङ्गकल्पक 
ध्वजारविन्दाङ्कुशवज्रलाञ्छनम् । 
त्रिविक्रम ! त्वच्चरणाम्बुजद्वयं
मदीयमूर्धानमलङ्करिष्यति । ३४।
हे त्रिविक्रम ! भगवान् ! शङ्ख, चक्र, ध्वजा, कमल, अङ्कुश एवं वज्र चिन्ह भएका हजुरका चरण कमलका जोडीले मेरो मस्तक कहिले फेरि सुशोभित हुनेछ ?
विराजमानोज्वलपीतवाससं 
स्मिताऽतसीसुन-समामलच्छविम् ।
 निमग्ननाभिं तनुमध्यमुन्नतं 
विशाल-वक्षःस्थल शोभिलक्षणम् ।३५।
( श्री भगवान्को सुन्दरताको वर्णन गर्ने विशेषण भएका अगाडीका १५ श्लोक ३५-४९ को पूर्ण क्रियापद ४९ सौं श्लोकमा रहेको छ ।) उज्वल पहेंलो वस्त्रमा विराजमान, ढक्क फुलेको आलस फुल जस्तो निर्मल छवि, गंभीर नाभि र पातलो कमर, श्रीवत्सद्वारा शोभित उच्च एवं विशाल छाती,
चकासतं ज्याकिणकर्कशैः शुभैः 
चतुर्भिराजानुविलम्बिभिर्भुजैः । 
प्रियावतंसोत्पलकर्णभूषण- 
श्लथालकाबन्धविमर्दशसिभिः ।३६।
धनुको तांदोद्वारा ठेला परेका र श्रीलक्ष्मीका कर्ण
फुल एवं खुकुलो चुल्ठो समाल्दा शोभा पाउने तथा
घुँडासम्म पुग्ने मङ्गलकारी चार हातद्वारा सुशोभित,
उदग्रपीनांसविलम्बिकुण्डला- 
लकावलीबन्धुरकम्बुकन्धरम् । 
मुखाश्रिया न्यक्कृतपूर्णनिर्मला- 
मृतांशुबिम्बाबुरुहोज्वलश्रियम् ।३७।
उन्नत, पुष्ट एवं शङ्ख जस्तो सुन्दर घाँटीसम्म झुन्डिएका कुण्डल एवं कपालद्वारा शोभित, पूर्ण एवं निर्मल चन्द्र बिम्ब तथा फक्रिएको कमलको शोभा जित्ने मुखको कान्तिले-युक्त,
प्रबुद्धमुग्धाम्बुजचारुलोचनं 
सविभ्रमभूलतमुज्ज्वलाधरम् ।
 शुचिस्मितं कोमलगण्डमुन्नसं 
ललाटपर्यन्तविलम्बितालकम् । ३८।
मोहित पार्ने प्रफुल्ल कमल जस्ता राम्रा आँखा, सुन्दर आँखिभौं, उज्वल ओठ, मधुर मुस्कान, कोमल कपोल, उन्नत नाक एवं ललाटसम्म आउने कपालद्वारा शोभित,
स्फुरत्किरीटाङ्गदहारकण्ठिका
मणीन्द्रकाञ्चीगुणनूपुरादिभिः ।
 रथाङ्गशङ्खासिगदाधनुर्वरै-
 र्लसत्तुलस्या वनमालयोज्ज्वलम् ।३५।
चम्कीलो किरीट, अङ्गद, हार, कण्ठी, कौस्तुभमणि,
कटिसूत्र र नूपुर आदि गहनाहरूले, सुदर्शन चक्र,
पाञ्चजन्य शंख, नन्दक खड्ग, कौमोदकी गदा र
शार्ङ्गधनु आदि आयुधले अनि सुहाउने तुलसीको
वनमालाले शोभित,
चकर्थ यस्या भवनं भुजान्तरं 
तव प्रियं धाम यदीयजन्मभूः ।
जगत्समग्रं यदपाङ्गसंश्रयं 
यदर्थमम्भोधिरमन्थ्यबन्धि च । ४०।
हजुरका भुजाहरूका बीचमा ( अंगालोमा ) जसको स्थान, हजुरको धाम ( क्षीर सागर जसको जन्मस्थल (समुद्र) तथा जसका लागि हजुरले समुद्र मन्थन एवं समुद्र बन्धन ( सेतुबांध) गरिबक्सियो अनि जसका आँखाका ईशारामा समस्त जगत् रहेको छ, उहाँ,
स्ववैश्वरूप्येण सदानुभूतयाऽ
प्यपूर्ववद्विस्मयमादधानया । 
गुणेन रूपेण विलासचेष्टितैः 
सदा तवैवोचितया तव श्रिया ।४१।
सँधैको अनुभव भएपनि श्री लक्ष्मी पनि हजुरको विश्वरूपतालाई हेरेर पहिले न देखिएको विषय पहिलो पटक देखे मैं विस्मयमा पर्नुहुन्छ । गुण, रूप एवं विलासी चेष्टाहरूद्वारा हजुर सुहाउने हुनुहुन्छ,
तया सहासीनमनन्तभोगिनि 
प्रकृष्टविज्ञानबलैकधामनि 
फणामणिव्रातमयूखमण्डल- 
प्रकाशमानोदरदिव्यधामनि ।४२।
उहाँ त्यस्तो वैभव भएकी श्रीलक्ष्मीका साथ अत्यन्त उत्तम ज्ञान एवं श्रेष्ठ बलका एकमात्र आधार भएका तथा फणाका मणिको तेजोमय मण्डलले प्रकाशमान पेटमाथि दिव्यस्थान भएका शेषनागमा विराजमान-
)
निवासशय्यासनपादुकांशुको-
पधानवर्षातपवारणादिभिः ।
शरीरभेदैस्तव शेषतां गतै- 
र्यथोचितं शेष इतीर्यते जनैः । ४३।
हजुरको ( श्रीभगवानको ) निवास मन्दिर, शय्या, आसन, पादुका, उत्तरीय, वस्त्र, तकिया, वर्षा र धूप रोक्ने छाता, आदि हुन विभिन्न शरीरका बनेर हजुर योग्य सेवा गरेकाले ‘शेष’ भनी लोकमा विख्यात शेष नागमा विराजमान-
दासस्सखा वाहनमासनं ध्वजो 
यस्ते वितानं व्यजनं त्रयीमयः । 
उपस्थितं तेन पुरो गरुत्मता 
त्वदङ्घ्रिसंमर्दकिणाङ्कशोभिना ।४४।
दास, सखा, वाहन, आसन, झण्डा, चंदुवा र पड्डा रूपमा सेवा गर्ने तथा हजुरका चरणकमलका संसर्गबाट ठेला परेका आफ्ना अङ्गहरूका साथ वेद स्वरूप गरुड हजुर समक्ष –
त्वदीयभुक्तोज्झितशेषभोजिना
 त्वया निसृष्टात्मभरेण यद्यथा । 
प्रियेण सेनापतिना निवेदितं 
यथाऽनुजानन्तमुदारवीक्षणैः ।४५।
हजुरको ज्युनार पछि उब्रेको प्रसाद भोजन गर्ने र हजुरबाट प्रत्यायोजन भएको कार्यभार लिने हजुरका प्रिय सेनापतिद्वारा ( विष्वक्सेनद्वारा ) जो जस्तो निवेदन हुन्छ, त्यस अनुसार उदार दृष्टिबाट हजुर अनुमोदन गरिबक्सन्छ-
हताऽखिलक्लेशमलैः स्वभावतः
 त्वदानुकूल्यैकरसैस्तवोचितैः ।
गृहीततत्तत्परिचारसाधनै- 
र्निषेव्यमाणं सचिवैर्यथोचितम् ।४६।
सबै दुःख र पाप स्वतः नाश भएका, हजुरको सेवामा मात्र आनन्दित हुने, हजुरको सेवा गर्न योग्य एवं सेवाका लागि आवश्यक साधन लिएका हजुरका सचिवहरूबाट सेवा गरिने हजुर-
अपूर्वनानारसभावनिर्भर- 
प्रबुद्धया मुग्धविदग्धलीलया । 
क्षणाणुवत् क्षिप्तपरादिकालया
 प्रहर्षयन्तं महिषीं महाभुजम् ।४७।
ब्रह्मादिको आयु पर्यन्तको समयलाई एकै क्षणलाई जस्तै बशमा राखेर, नाना प्रकारका अपूर्व रस एवं भावमा निर्भर हुने उत्सुकता लिएर तथा सुरम्य एवं चतुर लीलाद्वारा पटरानी श्री लक्ष्मीलाई आनन्दित पार्ने विशाल भुजा हुने हजुर-
अचिन्त्यदिव्याद्‌भुतनित्ययौवन- 
स्वभावलावण्यमयाऽमृतोदधिम् । 
श्रियः श्रियं भक्तजनैकजीवितं 
समर्थमापत्सखमर्थिकल्पकम् ।४८।
चिताउनै न सकिने, दिव्य, अद्भुत, नित्य यौवन, स्वाभाविक लावण्ययुक्त एवं अमृतसागर समान, श्री ( लक्ष्मी ) का श्रीमान्, भक्तजनका एकमात्र जीवनाधार, अति समर्थ, सबैका आपत्ति कालका मित्र, याचकका निम्ति कल्पवृक्ष हजुर-
भवन्तमेवानुचरन्निरन्तर
प्रशान्तनिश्शेषमनोरथान्तरः । 
कदाहमैकान्तिकनित्यकिङ्करः 
प्रहर्षयिष्यामि सनाथजीवितम् ।४५।
एकमात्र हजुरको नित्य दास बनेर अरु इच्छाहरूलाई कत्ति बाँकी न राखी हजुरको नै सँधै अटूट सेवा गर्दै आफ्नो जीवनलाई सनाथ पारेर कहिले म हजुरलाई प्रसन्न पाँरुला !
धिगशुचिमविनीतं निर्दयं मामलज्जं 
परमपुरुष ! योऽहं योगिवर्याग्रगण्यैः ।
 विधिशिवसनकाद्यै र्ध्यार्थ्यातुमत्यन्तदूरं
तव परिजनभावं कामये कामवृत्तः ।५०।
हे परम पुरुष ! अपवित्र, उरन्ठेउलो, दया नभएको र लाज पचेको मलाई धिक्कार छ, किनभने शिव, ब्रह्मा, सनकादि तथा मुख्य मुख्य योगीहरूले पनि ध्यान गर्दा अत्यन्त टाढा बुझिने हजुरको सेवा गर्न परिवार सरह नजिक हुने चाहना म स्वेच्छाचारी गर्दैछु ।
अपराधसहस्रभाजनं पतितं भीमभवार्णवोदरे । 
अगतिं शरणागतं हरे ! कृपया केवलमात्मसात्कुरु ।५१।
हजारौं अपराधको भाँडो बनेको म डरलाग्दो भवसागरको तल खसेको छु । हे हरि ! कुनै उपाय नभई हजुरको शरणमा आएको मलाई कृपा गरेर पूरै आत्मसात् गरिबक्सियोस् ( मलाई स्वीकार गरिबक्सियोस् ) ।
अविवेकघनान्धदिङ्मुखे बहुधा सन्ततदुःखवर्षिणि ।
 भगवन् ! भवदुर्दिने पथस्खलितं मामवलोकयाऽच्युत ! ।५२।
हे भगवान् ! हे अच्युत ! अविवेकको चूक अँध्यारोले दिशा छुट्याउन न सकिने र सँधै दुःख बर्सिरहने संसाररूप झरीमा बाटो हराएको म माथि दृष्टि बक्सियोस् ।
न मृषा परमार्थमेव मे श्रृणु विज्ञापनमेकमग्रतः ।
 यदि मे न दयिष्यसे ततो दयनीयस्तव नाथ ! दुर्लभः ।५३।
हे नाथ ! ढाँट होइन, सत्य हो, मेरो एउटा बिन्ती सुनिबक्सियोस । यदि हजुरले मलाई दया गरिबक्सेन भने त्यसपछि हजुरबाट दया गरिबक्सने योग्य अन्य कुनै पनि विचरो पाइबक्सन गाह्रो हुन्छहोला ।
तदहं त्वदृते न नाथवान्मदृते त्वं दयनीयवान् न च ।
विधिनिर्मितमेतदन्वयं भगवन् ! पालय मास्म जीहपः । ५४।
हे भगवान् ! अतः हजुरबाहेक मेरो नाथ (मेरो रेखदेख गर्ने) कोही छैन, हजुरले पनि म जस्तो दयनीय (विचरो) भेटिबक्सने छैन, विधाताले नै हामी बीच (दुःखी र दयालुको) यस्तो सम्बन्ध जुराएकोले मेरो रक्षा गरिबक्सियोस, हाम्रो बिचको यो सम्बन्ध नटुटाइबक्सियोस् ।
)
वपुरादिषु योऽपि कोऽपि वा 
गुणतोऽसानि यथा तथाविधः ।
 तदयं तव पादपद्मयो-
रहमद्यैव मया समर्पितः ।५५।
शरीर आदि-शरीर, इन्द्रिय, मन, बुद्धि, प्राण आदिका हिसाबले म जे छु, गुणहरू सत्व, रजस् आदि अथवा सद्गुण एवं दुर्गुणका हिसाबले म जे जस्तो भए हुँला त्यस्तो म, हजुरका दुई चरण कमलमा आजै, अहिले, नै आफूलाई समर्पण गर्दछु ।
मम नाथ ! यदस्ति योऽस्म्यहं 
सकलं तद्धि तवैव माधव ! 
नियतस्वमिति प्रबुद्धधी-
रथवा किन्नु समर्पयामि ते । ५६ ।
हे नाथ, हे माधव ! मेरो जे छ र म जे हुँ, त्यो सबै हजुरको नै हो भन्ने कुरा मलाई स्पष्ट भएकाले म हजुरलाई के समर्पण 
अवबोधितवानिमां यथा 
मयि नित्यां भवदीयतां स्वयम् । 
कृपयैवमनन्यभोग्यतां 
भगवन् ! भक्तिमपि प्रयच्छ मे । ५७।
हे भगवान् ! म नित्य हजुरकै हुँ भन्ने भावना
जसरि हजुर स्वयंले मलाई बोध गराइबक्सियो,
त्यसरि नै कृपा गरेर अनन्यभोग्य भक्ति पनि मलाई बक्सियोस् ।
तव दास्यसुखैकस‌ङ्गिनां 
भवनेष्वस्त्वपि कीटजन्म मे । 
इतरावसथेषु मास्मभू-
दपि मे जन्म चतुर्मुखात्मना । ५८।
हजुरको दास हुन पाएको सुखमा मात्र आनन्द मान्नेहरूका घरमा कीरैको भए पनि मेरो जन्महोस् । तर हजुरको भक्ति नगर्ने घरमा ब्रह्मा नै भए पनि मेरो जन्म नहोस् ।
सकृत्त्वदाकारविलोकनाशया 
तृणीकृतानुत्तमभुक्तिमुक्तिभिः । 
महात्मभिर्मामवलोक्यतां नय 
क्षणेऽपि ते यद्विरहोऽतिदुस्सहः ॥ ५०॥
तपाईको श्रीविग्रहलाई एक पटक मात्र देख्ने आशामा उत्तम सुख र मोक्षलाई परालजस्तै ठानेका महान् आत्माहरू समान मलाई पनि त्यस दिनको सौभाग्य प्रदान गर्नुहोस्, किनकि एक क्षणको पनि तिम्रो वियोग मलाई पीडादायी लाग्छ।”
न देहं न प्राणान्न च सुखमशेषाभिलषितं 
न चात्मानं नान्यत्किमपि तव शेषत्वविभवात् । 
बहिर्भूतं नाथ क्षणमपि सहे यातु शतथा
 विनाशं तत्सत्यं मधुमथन विज्ञापनमिदम् ॥ ६०॥

हे प्रभु! तपाईको दासत्वको ऐश्वर्यलाई त्यागेर, म मेरो शरीर, जीवन, सबै विविध सुख, आफ्नो वा अरु कसैको लागि पनि एक क्षणको लागि पनि कामना गर्दिन, यी सबै सयौं तरिकाले नष्ट हुञ्छन्, हे प्रभु! मधुसूदन ! यो साँचो हो, हजुरको चरणमा यही मेरो अनुरोध छ ।”
दुरन्तस्यानादेरपरिहरणीयस्य महतो 
विहीनाचारोऽहं नृपशुरशुभस्यास्पदमपि । 
दयासिन्धो ! बन्धो ! निरवधिकवात्सल्यजलधे !
 तव स्मारं स्मारं गुणगणमितीच्छामि गतभीः । ६१।
हे दयासागर ! सबैका आफन्त ! भक्तवत्सलताका हे अगाध सागर ! आचारहीन नरपशु, म, पार पाउनै गाह्रो र जन्म जन्मान्तर देखि बटुलिएका ठूल्ठूला पापहरूको घर बनेको छु। हजुरका कल्याणकारी गुणहरूको बारम्बार स्मरण गरेर भयबाट मुक्त हुन चाहन्छु ।

अनिच्छन्नप्येवं यदि पुनरितीच्छन्निव रज-
 स्तमश्छन्नश्छद्मस्तुतिवचनभङ्गीमरचयम् ।
 तथापीत्थं रूपं वचनमवलम्ब्यापि कृपया 
त्वमेवैव भूतं धरणिधर ! मे शिक्षय मनः । ६२।
हे धरणीधर ! रजोगुण र तमोगुणले ढाकिएको म, त्यस्तो न चाँहदा न चाहँदै पनि चाहेको जस्तोगरी कपटी स्तुतिका भावभङ्गिमाको यस्तो वचन रचना गर्न म पुगे छु । तथापि यस रूपको वचनलाई पनि स्वीकार गरेर कृपापूर्वक हजुरले नै मेरो मनलाई अनुशासनमा राखी शिक्षा बक्सियोस् ।
)
पिता त्वं माता त्वं दयिततनयस्त्वं प्रियसुहृद् 
त्वमेव त्वं मित्रं गुरुरपि गतिश्चासि जगताम् ।
 त्वदीयस्त्वद्भृत्यस्तव परिजनस्त्वद्गतिरहं 
प्रपन्नश्चैवं सत्यहमपि तवैवास्मि हि भरः । ६३।
समस्त जगत्का हजुरनै पिता, माता, प्रिया, पुत्र, शभेच्छुक, हजुर नै मित्र अनि गुरु र गति होइबक्सिन्छ । म हजुरकै शेष हुँ, हजुरको दास एवं पारिवारिक सेवक हुँ, हजुर नै मेरा गति ( उपाय ) होइबक्सिन्छ, म हजुरमा शरणागत छु र उद्धारका लागि हजुरको नै भर परेको छु ।
जनित्वाहं वंशे महति जगति ख्यातयशसां
 शुचीनां युक्तानां गुणपुरुषतत्त्वस्थितिविदाम्। 
निसर्गादेव त्वच्चरणकमलैकान्तमनसा-
मधोऽधः पापात्मा शरणद ! निमज्जामि तमसि ।६४।
हे शरणदाता ! जगत्मा विख्यात कीर्तिभएका, शुद्ध, ईश्वरमा चित्त लागेका, गुण एवं पुरुषको तत्त्व जान्ने र स्वभावैले हजुरको चरणकमलमा नै ऐकान्तिक चित्त लगाउनेहरूको महान् वंशमा जन्मेर पनि म पापात्मा अज्ञानको अन्धकारमा तल तल डुबिरहेको छु ।
अमर्यादः क्षुद्रश्चलमतिरसूयाप्रसवभूः 
कृतघ्नो दुर्मानी स्मरपरवशो बञ्चनपरः ।
 नृशंसः पापिष्ठः कथमहमितो दुःखजलधेः 
अपारादुत्तीर्णस्तव परिचरेयं चरणयोः । ६५।
मर्यादा नभएको, तुच्छ, चञ्चल, अहारिसे, गरेको उपकार नसंझने, दुष्टतापूर्ण अभिमान भएको, कामासक्त, ठग, अत्याचारी, पापी, म, यस अपार दुःखका सागरबाट पार भएर हजुरका चरणकमलका जोडीको कसरि सेवा गर्न सकुँला ?
रघुवर ! यदभूस्त्वं तादृशो वायसस्य
 प्रणत इव दयालुर्यच्च चैद्यस्य कृष्ण !
 प्रतिभवमपराद्धर्मुग्ध ! सायुज्यदोऽभू –
र्वद किमपदमागस्तस्य तेऽस्ति क्षमायाः ।६६।
हे रघुवर ! राम ! त्यस्तो अपराधी कागको ( जयन्तको ) शरण दाता हुन हजुर भक्त माथि मैं जस्तो दयालु होइबक्सियो र हे सोझा कृष्ण ! जन्म- जन्मान्तरको अपराधी चेदिराज ( शिशुपाल) का लागि सायुज्यदाता होइबक्सियो भने हजुरको क्षमाका लागि ठाँउ नपाउने कस्तो पाप होला त ? आज्ञाहोस् ।
ननु प्रपन्नस्सकृदेव नाथ ! 
तवाहमस्मीति च याचमानः ।
तवानुकम्प्यस्स्मरतः प्रतिज्ञां
 मदेकवर्ज किमिदं व्रतं ते । ६७।
हे नाथ ! एकै पटक मात्र पनि शरणागत भई, ‘म हजुरको हुँ’ भनी प्रार्थना गर्नेलाई ( अभय दान दिने ) हजुरको प्रतिज्ञा संझदा म निश्चय नै हजुरको कृपा पाउन योग्य छु । हजुरको प्रतिज्ञाले म एक्लोलाई मात्र बाहेक गरेको पक्कै होइन होला ।
अकृत्रिमत्वच्चरणविन्द-
 प्रेमप्रकर्षाविधिमात्मवन्तम् ।
 पितामहं नाथमुनिं विलोक्य 
प्रसीद मवृत्तमचिन्तयित्वा । ६८।
मेरा आचरण तर्फ ध्यान नदिई हजुरको चरणकमलमा अकृत्रिम एवं असीम प्रेम भएका र आत्मज्ञानी मेरा पितामह नाथ मुनिलाई हेरेर मेरो दूषित आचरण तर्फ ध्यान न दिई म माथि प्रसन्न होइबक्सियोस् । ( यो श्लोक दोहोऱ्याएर पाठ गर्नु पर्दछ)। यस पछिको श्लोक श्री रामानुजाचार्यका तर्फबाटः-
यत्पादाम्भोरुहध्यानविध्वस्ताऽ शेषकल्मषः ।
 वस्तुतामुपयातोऽहं यामुनेयं नमामि तम् ।६९ ।
जसका कमल जस्ता पाउका ध्यानले मेरा सबै पाप नाश भए र मैले वस्तुस्थिति बुझें, त्यस्ता श्री यामुनाचार्य स्वामीलाई म नमस्कार गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *