श्रीगोदा रंगनाथ विवाह भजन

श्रीगोदा रंगनाथ विवाह 

फुलमालाको गहना फुलैको झै अनुहार
विष्णुचित्तकी गोदा औ श्रीरङ्गनाथ बलिहार…
रामहुदा सीता बन्ने कृष्णकि रुक्मिणी 
श्रीनिवासकी पद्मा गोदा रङ्गनाथकी तिमी 
आचार्यै हौ हाम्री हे गोदा पुरस्कार…विष्णुचित….१॥
तुलसीफुल बगैंचाका विष्णुचित्त माली 
तुलसीफेद पाएकी श्रीगोदालाइ पाली 
बनमाला कैङ्कर्यको गर्दथे आधार…विष्णुचित….२॥
बटपत्रशायी कृष्ण सवेरै सवेरै 
आश गर्थे  विष्णुजीको बनमाला अघोरै 
सानी छोरीको रोजै मालैमा थ्यो उद्‌गार….विष्णुचित….३॥
एकदिन माला उनी वावा कतै गए 
माला पैरी ऐना हेर्दी छोरी देख्दा भए 
बिटुल्याई माला दुःखैको यो संसार… विष्णुचित्त….॥४॥
सपनामा राती कृष्ण बोले विष्णुचित्त 
छोरी तिम्री अरु हैनन् साख्ये मेरी मीत 
उन्को जूठो माला नै प्यारो मेरो हार….विष्णुचित्त…॥५॥
लक्ष्मीरूपी मेरी छोरी कहाँ दिने होला
 बावालाई पर्यो पीर खोज्न लागे डोला 
श्यामैसंग जान्छु म भन्थिन् वारम्वार… विष्णुचित्त…..॥६॥
विष्णुचित्त आँटैगरी लेख्छन् निम्तो चीठी
 एकसौआठ दिव्यदेश पाउँछन् निम्तो चीठी
 दौडी आउँछन् भगवान बिमानै ली अपार…… विष्णुचित्त….॥७॥
एकसौ आठ दिव्यदेश भगवान्का ताँती 
गोदाजीको भाव हेर बनमाला छ गाँथी
 रंगनाथ राम्रोलाग्यो पैऱ्याइन भक्ति भार….. विष्णुचित्त……॥८॥
राधाभेष गरी पुष महिनाकी तपस्वी 
श्याम गाथा लेखी वदे रहस्यै सबै दी 
शिष्यहरूको गर्ने आचार्यैले उद्धार….. विष्णुचित्त……..॥९॥
रंगनाथ प्रभुसंग धुमधाम् विहे भयो
 आण्डाल भन्ने नामको विग्रह नै रह्यो 
सुन्छ भन्छ कथा त्यो गर्दैन व्यापार… विष्णुचित्त…..॥१०॥
रामानुजस्वामीलाई दाज्यू भनि दियौ 
रामानुजद्वारा नै प्रपत्ति बाडिदियौं 
धन्य आमा तिम्रै यी शिष्य अपरम्पार… विष्णुचित्त….११॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *