पाण्ड्ये विश्वम्भरां गोदां वन्दे श्रीरंगनायकीम् ॥
गोदा महारानीको अवतार
यो देखेर विष्णुचित्त अतन्त चिन्तित र निराश हुनु भयो तदन्तर त्यस्स्पछि उहाँले त्योमाला भगवानलाई अर्पण गर्नु भएन। गोदा यस्तो व्यवहारले आलवार अत्यन्त दुखी हुनु भयो र उहाँले विचार गर्नु भयो कि थाहा छैन कति दिनबाट यो केटी कन्या यस्तो काम गर्दै छे । उहाँ अत्यन्तदुखी हुनु भयो र उहाँको आँखामा आशु बग्न लागे। विष्णुचित्तले गोदालाई राम्रो संग सम्झाउनु भयो यसरी भगवानलाई उच्छिष्ट माला अर्पण गर्नु हुदैन छोरी आदि उपदेशले। विष्णुचितले फेरि नन्दवनबाट फूलहरू टिपेर फेरि माला बनाएर भगवानलाई समर्पण गर्नु भयो । आज दिनहुँको जस्तो मालामा सुगन्ध र सौन्दर्यको अनुभव भएन । विष्णु चित्तलाई लागो गोदाको उपरोक्त कार्यले भगवान क्रोधित पो हुनु भयो कि ? यहि मानसिक चिन्तामा उहाँ फुस्स निदाउनु भए छ त्यहि निन्द्रामा दिव्य अद्भुत प्रकाश र अतुलनीय सौन्दर्य स्वरूप भगवान रंगनाथलाई सपनामा देख्नु भयो यसरी सपनामा भगवानको दिव्य दर्शन पाएर उहाँ अभिभूत हुनु भयो । भगवानले उहाँलाई आज सुगन्ध विहीन फूलको माला अर्पण गरेको कुरा बताउनु भयो । आलवारले माफी माग्नु भयो, भगवानले भन्नु माफी किन माग्नु हुन्छ अलवार जी मलाई त “गोदाले लागाएको त्यो उच्छिष्ट माला नै अतिप्रिय लाग्छ । म त्यही मालाको पर्खाइमा छु। फूलको माला र वाणीरूपी माला अर्पण गर्नको लागि नै माता लक्ष्मीले गोदाले अवतार लिएकी हुन् भन्नु भयो । यत्तिकै उहाँ झसंग भएर ब्युजिनु भयो र छक्क परेर वरपर हेर्न थाल्नु भयो मन अतिनै आनन्दित थियो उहाँको मनमा खुशीको लहर उठ्यो । यो सुखमय सपनालाई सम्झेर उहाँले गोदालाई ब्युँझाएर आफ्नो सपनाको बारेमा बताउनु भयो । पुनः प्रातः उहाँ नन्दवनमा गएर फूलहरू टिपेर अत्यन्त भावविह्वल भएर माला बनाएर गोदाको अगाडि राखिदिनु भयो र भन्नु भयो यो माला लाऊ छोरी लगाएर फिर्ता देउ । गोदा खुशीले हर्षित भइन् उनको आँखामा प्रेमको आँसु बग्न थाल्यो ।
गोदाले माला लगाएर फुकालेर प्रेम र भक्तिका साथ अलवारलाई सुम्पिदिनु भयो। अब त्यो मालामा नयाँ सौन्दर्य र सुगन्ध पाएर आलवारलाई गोदाप्रति भक्ति बढ्यो। उहाँले हर्षित भएर प्रेमले ” तिमी मेरो आण्डल हौ ” भनी आशिर्वाद दिनु भयो । आण्डलको अर्थ उज्जिवन दिने हुन्छ। पछि त्यही नै क्रम बन्यो । विष्णु चित्तले माला बनाएर गोदाको घाँटीमा सजाउने र त्यसपछि आफ्नो हातबाट माला लिएर भगवान वटपत्रसायीलाई समर्पण गर्ने। त्यसबेलादेखि गोदाको नाम ‘शुडिक्कादुत्त नाच्चियर’ अर्थात् ‘ अमुक्तमाल्यदा ’ भयो । उमेर बढे संगै आण्डालको भक्ति प्रेम र भगवान संग तीव्र विवाहको भावना हुन थाल्यो | पिताले उनलाई गोपिनिहरुद्वारा गरिएको कात्यायनी व्रत गर्ने उपदेश दिनु भयो । अब त आण्डाल (गोदा)को लागि आफु स्वयं गोपी र आफ्नु ठाउँ श्रीविल्लिपुत्तूर नै व्रज भूमि लाग्न थाल्यो रंगनाथ भगवान वटपत्रशायी श्रीकृष्ण हुनुभयो र गोदाका साथीहरू गोपीहरु समानहुनु भयो र श्रीकृष्णको विरहमा द्वापर युगका गोपीहरु जसरी विरहको अनुभव गर्नु हुन्थ्यो त्यसै प्रकारको अनुभव गोदाले पनि गर्न थाल्नु भयो , भावसमाधिमा उहाँले तिरुप्पावै दिव्यप्रबन्धको रचना गर्नु भयो ।
- श्रीगोदा स्तुतिः
- चतुश्लोकी श्रीगोदा स्तुतिः
- श्रीगोदा प्रपत्तिः
- श्रीगोदा अष्टोत्तरशतनामस्तोत्रम्
- श्रीगोदा अष्टोत्तरशतनामावलिः
- श्री गोदा स्तुतिः नेपाली
- श्री व्रत तिरुप्पावै
- तिरुप्पावै [ Download PDF ]