॥ श्रीगोदामा प्रपत्ति नेपाली ॥
श्री भुमिका पति उनै हरिकी पियारी
श्री विष्णुचित्त मुनिकी अति राम्री छोरी
ज्यादै प्रसिद्ध शुभकीर्ति चली रहेका
गोदे ! म लिन्छु शरणं पदमा हजुरका ॥१॥
श्री धन्विनव्यपुरको तुलसी वनैमा
सीताजि झै लिनुभयो अवतार आमा
पार्ने पवित्र र धनि जनता जगत्का
गोदे ! म लिन्छु शरणं पदमा हजुरका ॥२॥
आजन्म देखि हरिका पदको सुभक्ति
गर्दै हटाई विषयान्तरका प्रवृत्ति
श्री भू समान महिमा छ प्रशिद्ध उम्दा
गोदे ! म लिन्छु शरणं पदमा हजुरका ॥ ३॥
माला लगाई शिरमा अति योग्य जानी
अर्पाउँदै वटशयी कन ध्यान गर्दी
गोदार्थ पूर्ण हरिबाट सूपूण्य मिल्दा
गोदे ! म लिन्छु शरणं पदमा हजुरका ॥४॥
आश्चर्य यै छ हरिले शिरका हजुरको
माला सुगन्धि पहिरी मन माफिकैको
त्यो प्रेम गायक सुसुन्दर दिव्यरूपा
गोवे ! म लिन्छु शरणं पदमा हजुरका ॥ ५॥
है नन्द ! गोपसुतको अतिदिव्य रूप
गाएर पूर्व इतिहास समेत नित्य
पाएर मीलन भयौ जननी कृतार्था
गोदे ! म लिन्छु शरणं पदमा हजुरका ॥६॥
श्रीमान् शठारी मुनिमा छ पितृत्व उच्चा
नाथादि यामुन यतीश्वरबाट पूज्या
श्रीकृष्ण भक्ति गरनेहरूको शरणमा
गोदे ! म लिन्छु शरणं पदमा हजुरका ॥७ ॥
मीठा अनेक कृतिले वश कृष्ण पारी
प्रख्यात भाग्य उनको लिन जन्म गर्दी |
गोपाल वाल चरितामृतका पियारा
गोदे ! म लिन्छु शरणं पदमा हजुरका ॥८॥
यो दिव्य मुक्ति रसिलो मधुरो र स्वच्छ
नौनी सरी छ अब अर्पण गर्छु झट्ट
स्वामी बनाउनुछ “सुन्दर पाणी” राम्रा
गोदे ! म लिन्छु शरणं पदमा हजुरका ॥९॥
कारुण्य पूर्ण हृदये !कमला सहाये
भक्त प्रिये ! सुकविता वन कुञ्ज रम्ने
है भट्टनाथ कुल मङ्गल दीप रेखे
श्रीपाउ लिन्छु शरणं म त नित्य गोदे ।॥१० ॥
शङ्ख, चक्र, ध्वज, बज् र माछा
छत्र पङ्कज अनेक खासा
आश्रिता बिपद नाशन वाठा
पाउ भज्दछु सदा म त गोदा ॥११॥
शौशिल्य कान्ति समता श्रित वत्सलत्वं
शौहार्द दान्त अरु सद्गुण राशि पूर्ण
श्री पाउ कृष्ण पुरुषोत्तमका पियारा
गोदा म लिन्छु शरणं पदमा हजुरका ॥१२॥
रचना – श्री राघवेन्द्राचार्य श्रीवेङ्कटेश मन्दिर काठमाण्डु